काठमाडाैं- नेकपाकाे विवदा सहमतिमा पुग्न सकेकाे छैन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा समेत सहमति नजुटेकाे हाे ।
शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । यसले नेपा कुन दिशातिर जाने हाे भन्ने टुंगाे लाग्न सकेकाे छैन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल गरेको बताए। उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए।
प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए।