बेलायतमा कोरोना भाइरसविरुद्ध बनेको एक अर्काे खोपले पनि आसा जगाएको छ । बेलायतका स्वस्थ्यमन्त्री मेट ह्यानककले इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरु प्रति आभार प्रकट गर्दै शनिबार यी अनुसन्धानकर्ताले बनाएको खोप अर्को चरणमा प्रवेश गरेको बताएका हुन्।
खोपले सुरुवाती परीक्षणहरुमा सकारात्मक परिणाम दिएकोहो । अहिले यो खोप १८ देखि ७५ वर्षसम्मका १ सय ५ व्यक्तिहरुमा परीक्षणका लागि प्रयोग गरिएको छ।
यिनीहरुलाई हालसम्म ३ पटक खोप लगाइएको छ। यसको परिणाम आएपछि यस खोपको प्रभावकारिताको बारेमा थप पत्ता लाग्नेछ।
स्वास्थ्यमन्त्री ह्यानककले बेलायतले यस ट्रायलमा ४ करोड पाउन्ड लगानी गरेको जानकारी दिएका छन्।
यसअघि बेलायतमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप मानवमा परीक्षण गरिएको थियो। एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।