आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा जबरजस्ती शीर मुण्डन गराएका युबकको यथार्थ बाहिरियो [ भिडियोसहित ]

भारतमा जबरजस्ती शीर मुण्डन गराएका युबकको यथार्थ बाहिरियो [ भिडियोसहित ]

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 8.9K
    SHARES

  • भारतमा जबरजस्ती शीर मुण्डन गराएका युबकको यथार्थ बाहिरियो [ भिडियोसहित ]

    काठमाडौँ- भारतको वाराणसीमा भारतीयहरुले जबरजस्ती शीर मुण्डन गराएको भनिएका युवकले आफूलाई रुपैयाँ दिएको बताएका छन् ।

    उनले भारतीयहरुले आफूलाई एकहजार रुपैयाँ दिएको र शीर मुण्डन गराउन तयार भएको बयान दिएका छन् । प्रहरी चौकी बाहिर सञ्‍चारकर्मीसँग कुरा गर्दै उनले भने, "मेरो औषधीको उधारो तिर्न बाँकी थियो ।

    मलाई तीन घण्टाका लागि घाँटमा जान भनिएको थियो । म गए । त्यहाँ गएर शी मुण्डन गराएर श्रीराम भनेको हुँ ।" उनले आफ्नो नाम धर्मेन्द्र भएको र वाराणसीमा बस्‍ने बताएका छन् ।

    अनुसन्धान गर्दा कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नै भएको खुलेको बनारस प्रहरीले जनाएको छ। तर अनुसन्धानपछि उक्त भिडियोमा पीडितका रूपमा देखाइएको युवा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडियो बनाएको पत्ता लागेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भएको र अयोध्या वीरगञ्‍ज नजिकैको ठोरीमा पर्ने अभिव्यक्ति दिएपछि भारतीयहरुले भारतमा रहेका नेपालीमाथि दुर्व्यवहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०६:१८:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend