आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीविरुद्ध प्रदेश २ मा हिन्दु युवा परिषद्काे भेल उत्रियाे

ओलीविरुद्ध प्रदेश २ मा हिन्दु युवा परिषद्काे भेल उत्रियाे

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 5.8K
    SHARES

  • ओलीविरुद्ध प्रदेश  २ मा  हिन्दु युवा परिषद्काे भेल उत्रियाे

    जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्तिप्रति प्रदेश नम्बर २ का विभिन्न जिल्ला सदरमुकाममा विरोध भएको छ । ओलीले भगवान रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएका थिए ।

    यसविरुद्ध हिन्दु युवा परिषद नेपाल, विश्व हिन्दु परिषद, रामानन्दीय वैष्णव संघ लगायतका आयोजनामा प्रदेश नम्बर २ का विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन भएको हो ।

    विभिन्न भागमा ¥याली निकाल्दै प्रधानमन्त्री ओलीको विरुद्धमा प्र्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम र रौतहटमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन भएको हो ।

    भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या भारतमा नभई नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए ।

    प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएको भन्दै नेपाल–भारतमा यस अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०६:०१:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend