आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशको बिडम्बना : पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमित नै भोक हडतालमा

देशको बिडम्बना : पीसीआर टेष्टको माग गर्दै कोरोना संक्रमित नै भोक हडतालमा

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 4.8K
    SHARES

  • देशको बिडम्बना : पीसीआर टेष्टको माग गर्दै  कोरोना संक्रमित नै भोक हडतालमा

    सुर्खेत - सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्ताल गरेका हुन् ।

    परीक्षणबीना नै घर पठाइन लागेपछि उनीहरुले हडताल गरेका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो ।


    वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत टीकाराम ढका भन्छन्, ‘संघीय सरकारको प्रोटोकलअनुसार नै १४ दिन आइसोलेसनमा राखेर घर पठाउन लागिएको हो ।’


    सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको छ । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे(नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०५:५०:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend