काठमाडौं–पर्साको जगरनाथपुर गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। पीडितले दिएको मौखिक उजुरीका आधारमा आज (शनिबार) बिहानै २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटना शुक्रबार बिहान भएको हो। बालिकाको बयानअनुसार घटनाका बेला दुई जना थिए। तर आफूलाई एक जनाले मात्र बलात्कार गरेको बताएकी छन्।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ, त्यसको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले पीडित बालिका र उनकी आमा दुवैलाई प्रहरीको संरक्षणमा राखिएको उनले बताए।
गाउँमा असुरक्षाका हिसाबले दुवैलाई प्रहरीको संरक्षणमा राखिएको उनको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।