विराटनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको अवस्था बुझ्न अस्पतालमै गएर भेटघाट गरेका छन् ।
मोरङ कांग्रेसका प्रवक्ता समेत रहेका कार्कीलाई विराटनगरको नोबल अस्पतालमा उपचार गराइरहेका बेला डा कोइरालाले भेटेका हुन् ।
डा कोइरालाले उनले सत्ताको आडमा कानून आफ्नो हातमा लिएर नेकपाका नेता तथा कार्यकर्ताहरूले दुईतिहाइको दम्भ देखाएको बताएका छन् ।
यस्ता आक्रमण गर्नेमाथि हदैसम्मको कारबाही गर्न समेत डा कोइरालाले माग गरेका छन् ।
शुक्रबार नेकपाका कार्यकर्ता एवम् ठेकेदार भवन मल्ल ठकुरीको छुरा प्रहारबाट अध्यक्ष कार्की गम्भीर घाइते भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।