सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डको किल्लामा शक्तिशाली नेता कांग्रेसमा प्रवेश

प्रचण्डको किल्लामा शक्तिशाली नेता कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 11.2K
    SHARES

  • प्रचण्डको किल्लामा शक्तिशाली नेता कांग्रेसमा प्रवेश

    भरतपुर - नेकपाले जनतालाई धोका दिएको भन्दै चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवराज गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गिरीलाई उनलाई सदस्यता दिएका हुन् ।

    भरतपुर उपमहानगरपालिका वडा नम्बर २३, कृष्ण चोक निवासी गिरी श्री सिद्धार्थ माध्यामिक विद्यालय केरुङ्गाका पूर्व प्रधानाध्यापक समेत रहेका थिए । उनले नेकपाबाट देश चल्न नसक्ने भन्दै काँग्रेसमा प्रवेश गरेका हुन् ।

    उनले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मेयर रेणु दाहालबाट चितवनका विकास हुन नसक्ने बताए ।

    चितवन कांग्रेसका सभापति श्रेष्ठले गिरीसहितका नेकपाका थुप्रै साथीहरू कांग्रेसमा प्रवेश गरेको र गर्ने क्रम जारी रहेको बताए । उनले पार्टीमा सबैलाई योग्यता र क्षमताअनुसार जिम्मेवारी दिइने आश्वासन दिएका छन् ।

    यसैबीच, चितवन कांग्रेसले आफ्ना क्रियाशील सदस्यलाई सदस्यता बितरणको कार्यलाई तिब्रता दिने भएको छ । त्यसका लागि सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताए । चितवन कांग्रेसले साउन ६ गते ३८औं वीपी स्मृति दिवस भब्यताका साथ मनाउने निर्णय समेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०९:५९:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend