आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बुटवल–तानसेन सडक अवरुद्ध, पहिरोमै ट्रक पुरियो

बुटवल–तानसेन सडक अवरुद्ध, पहिरोमै ट्रक पुरियो

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 3.1K
    SHARES

  • बुटवल–तानसेन सडक अवरुद्ध, पहिरोमै ट्रक पुरियो

    बुटवल - पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खसेको छ । पहिरोमा एक ट्रक समेत पुरिएको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खसेको हो । पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।


    बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेको छ ।

    सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०९:५५:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend