सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिहानै बाबुरामको ट्वीट : हिटलर जस्तै ओली हटाऔं देश बचाऔं

बिहानै बाबुरामको ट्वीट : हिटलर जस्तै ओली हटाऔं देश बचाऔं

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 10.9K
    SHARES

  • बिहानै बाबुरामको ट्वीट : हिटलर जस्तै ओली हटाऔं देश बचाऔं

    काठमाडौं - पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको तुलना हिटलरसँग गरेका छन् । उनले केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गइरहको बताउँदै आलोचना गरेका हुन् ।

    शनिबार बिहानै ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको हर्कताको पर्दाफास गरेका हुन् । उनले ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ, हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो ?’

    उनले नेकपालाई अलमल नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रहसमेत गरेका छन्। ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ३ २०७७०९:३९:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend