काठमाडौं– सत्तासीन दल नेकपाको सचिवालय बैठक आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठक दिउँसो तीन बजे बस्ने छ।
आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।
नेकपाले जारी स्थायी समिति बैठक ४ साउनसम्मको लागि स्थगित गरेर सचिवालय बैठक बोलाएको हो। गएको १० असारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय जोडदार रुपमा उठेपछि नेकपा फुटको संघारमा पुगेको अड्कल काट्न थालिएको छ।
स्थायी समितिका अधिकांश सदस्यले दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका छन्। त्यसबाट रुष्ट बनेका ओलीले स्थायी समिति बैठकलाई पर धकेल्दै लगेका छन्। २ साउनको लागि बोलाइएको स्थायी समित बैठक पनि बस्दै नबसी ४ साउनको लागि सारिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।