आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली सेनाको प्रवक्तामा सहायकरथी पौडेल

नेपाली सेनाको प्रवक्तामा सहायकरथी पौडेल

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २ २०७७

  • 3.6K
    SHARES

  • नेपाली सेनाको प्रवक्तामा सहायकरथी पौडेल

    काठमाडाैं- नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेलले कार्यभार सम्हालेका छन् । निवर्तमान प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले पौडेललाई शुक्रबार कार्यभार हस्तान्तरण गरेका हुन् ।

    पाण्डे उत्तर पश्चिम पृतना सुर्खेतको निमित्त पृतनापतिका रूपमा सरुवा भएका छन् । सेनाको सिग्नल निर्देशनालयबाट सहायकरथी पौडेल प्रवक्ताका रूपमा आएका हुन् । सहायकरथी पाण्डे २९ चैत ०७५ देखि सेनाका प्रवक्ता थिए ।

    उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राना सेनाको गुप्तचर महानिर्देशनालयका प्रमुखका रूपमा सरुवा भएका छन् । हालका महानिर्देशक उपरथी झंकरबहादुर कडायतले साउन दोस्रो सातादेखि अवकाश पाउँदै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २ २०७७०९:२१:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend