गण्डकी - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसभामुख एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटकी माता स्व खीमकुमारी रानाभाटले नेपालको परिवर्तनका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभएको छ । ११औँ दिनको पूण्यतिथि
स्व रानाभाटको ११औँ दिनको पूण्यतिथिमा श्रद्धाञ्जलिसभामा बोल्दै नेता पौडेलले यसो बताएका हुन् । नेता पौडेलले पञ्चायतकालीन व्यवस्थामा काँग्रेसका नेतामात्र नभई अन्य पार्टीका नेताको पनि जमघटस्थल रानाभाट निवास भएको स्मरण गरे ।
पार्टीका महामन्त्री शशांक कोइरालाले स्व खीमकुमारीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताउँदै पञ्चायती निरङ्कुशताविरुद्ध उहाँको चेतनाले परिवर्तनको आन्दोलनलाई अघि बढाउन मद्दत गरेको उल्लेख गरे ।
श्रद्धाञ्जलिसभामा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, पार्टीका जिल्ला सभापति कृष्ण केसीलगायतले स्व रानाभाटको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।