आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खानेपानीमन्त्री बिना मगरको पुतला जलाउँदै भयानक प्रदर्शन

खानेपानीमन्त्री बिना मगरको पुतला जलाउँदै भयानक प्रदर्शन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २ २०७७

  • 8.5K
    SHARES

  • खानेपानीमन्त्री बिना  मगरको पुतला जलाउँदै भयानक प्रदर्शन

    जनकपुरधाम - युवाहरुले आज खानेपानी मन्त्री बिना मगरको पुतला जलाउँदै विरोध प्रदर्शन गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा इन्जिनियर सतिश गोइतको मृत्यु भएको भन्दै युवाहरुले जनकपुरस्थित भानु चोकमा मन्त्री मगरको पुतला जलाएका हुन्।


    प्रदर्शनमा उत्रेका युवाहरुले भ्रष्ट सरकार मुर्दावाद, चाइनिज कम्पनी गो ब्याक, घटनाको छानबिन गर जस्ता नारा लगाएका छन्। साथै मन्त्री मगरको राजीनामा र इन्जिनियर गोइतलाई सहिद घोषणाको पनि उनीहरुले माग गरेका छन्।

    धनुषाको कमला नगरपालिकाका ५ घर भएका इन्जिनियर गोइतको २५ वर्षको उमेरमै ज्यान गएपछि उनका परिवार, आफन्त र साथी मर्माहत भएका छन्। धनुषाबाट निर्वाचित संघीय सांसद राजेन्द्र महतो र उमाशंकर अगरियाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन्।

    बुधवार फेला परेका उनको शव जनकपुरधाम ल्याएर बिहीबार दाहसंस्कार गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २ २०७७०७:३२:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend