मोरङ- मोरङको केराबारी गाउँपालिकाका प्रमुख रोहित कार्कीमाथि कार्यकालमै खुकुरी प्रहार भएको छ । उनीमाथि केराबारी गाँउपालिका वडा नंं. १० का भुवन ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।
मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर प्रमुख कार्कीलाई टाउकोमा प्रहार गरेका हुन् ।
प्रमुख कार्कीको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको र उहाँको स्थिति सामान्य रहेको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । गाँउपालिकाको पटके करको विषयमा विवाद हुँदा ठकुरीले प्रमुख कार्कीलाई खुकुरी प्रहार गरेको हुन सक्ने बताइएको छ ।
ठकुरीलाई पक्राउ गरिसकिएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।