आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरे

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २ २०७७

  • 4.1K
    SHARES

  • चितवन राष्ट्रिय निकुञ्जमा २६ गैंडा मरे

    चितवन - चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्।

    निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६÷२६ गैंडा मरेका थिए। गत आर्थिक वर्ष बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ३, बाघको आक्रमणका कारण १ गैंडा मरेका हुन्।

    त्यसै गरेर करेन्ट लागेर २, रुखले किचेर १, स्वास्थ्यमा समस्याका कारण ३, कारण पत्ता लाग्न नसकेर ३ गैंडा मरेका उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन। त्यस वर्ष ९ भाले, १४ पोथी र २० को कंकालमात्र भेटिएको थियो। धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्यांक आएको उप्रेती बताउछन्।

    सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन्। पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए। चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ। गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ। चालु आर्थिक वर्षमा गणना गरिँदै छ। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २ २०७७०५:४९:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend