काठमाडौं - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् । उनले संकटको वेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त 'आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ' (अधम) मान्छेले सरकार सञ्चालन गरिरहेको टिप्पणी गरेका हुन् ।
राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा भट्टराईले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । मचाहिँ हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहन्छु ।' उनले भनेका छन्, 'किनकि यस्तो संकटको वेलामा शासनसत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झैझगडा, सत्ताको भागबन्डामा महिनौँ बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ ।’
उनले उत्ता जोगाउने होडबाजीमा जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।