सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २ २०७७

  • 4.6K
    SHARES

  • लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।

    आज बस्ने नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले बोल्ने तयारी गरेका छन्।

    गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो । त्यसअघि पनि असार २०, २२ र २४ गते बस्ने भनिएको बैठक सर्दै २६ गतेसम्म आईपुगेको थियो । तर दुई अध्यक्षबीचको असमझदारीका कारण २६ गतेपनि फेरि एक साताका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

    यसबीचमा नेकपाका शीर्ष नेताहरुबीच पटक पटक छलफल भएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएका छन् । तर सहमति भने बनिसकेको छैन । हिजो पनि वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष ओली र प्रचण्डबीच बैठक भएपनि बिना निश्कर्ष टुंगिएको थियो ।

    हिजो प्रधानमन्त्री ओलीले आफू पक्षधरलाई बालुवाटरमा बोलाएर छलफल र्गनुभएको थियो भने प्रचण्ड(नेपाल समूहले प्रचण्ड निवास खुमलटारमा छलफल गरेको थियो । प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । तर ओलीले कुनै पनि पद नछाड्ने अडानमा हुनुहुन्छ ।

    भारतले मलाइ हटाउन लाग्यो र नेकपाका नेताहरु पनि मेरो विरुद्ध लागे भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पार्टीभित्र विवाद बढ्दै गएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २ २०७७०८:४६:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend