सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्ड नेपाल समूहको निश्कर्ष- ओलीलाई तह-लगाउन केन्द्रीय समिति बैठक बोलाउने

प्रचण्ड नेपाल समूहको निश्कर्ष- ओलीलाई तह-लगाउन केन्द्रीय समिति बैठक बोलाउने

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 5.2K
    SHARES

  • प्रचण्ड नेपाल समूहको निश्कर्ष- ओलीलाई तह-लगाउन केन्द्रीय समिति बैठक बोलाउने

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल निष्कर्षविहीन बनेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चाँडैनै केन्द्रीय समिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

    खुमलटारमा दाहाल–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरुबीचको छलदफलले यस्तो निश्कर्ष निकालेको हो ।

    पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बारे बालुवाटारमा विहीबार अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो ।

    तीन नेताबीच सहमति नजुटेको कारण तत्काल केन्द्रीय समितिको बैठक बोलाउने निष्कर्षमा पुगेको जानकारी गराइएको छ । बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालगायत खुमलटार पुगेका थिए ।

    भोलि बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नसक्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७१०:११:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend