सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेताले गरे  बाढिपिडितलाई ६ लाख सहयोग, सिन्धुपाल्चोकमा खुसियाली !

कांग्रेस नेताले गरे  बाढिपिडितलाई ६ लाख सहयोग, सिन्धुपाल्चोकमा खुसियाली !

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 5.9K
    SHARES

  • कांग्रेस नेताले गरे  बाढिपिडितलाई ६ लाख सहयोग, सिन्धुपाल्चोकमा खुसियाली !

    सिन्धुपाल्चोक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाढिपिडितलाई छ लाख सहयोग गरेका छन् । 

    नेता बस्नेतले बाढीपहिरोपीडितको घर बनाउन आफूले पहल गर्ने समेत बताएका छन् त्यस्तै नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरोपीडितको बसोबासका लागि पहल गर्ने आश्वासन दिएको छ ।

    ‘बाढीपहिरोपीडितको घर सुरक्षित स्थानमा सरकारले बनाइदिओस्’, उनले भने, ‘यदि सरकारले बनाइदिँदैन भने पीडितहरूको घर बसरी बनाउने त्यो हामीलाई थाहा छ । हामी बनाउँछौँ ।

    काँग्रेसले बाढीपहिरोपीडित प्रति घरपरिवारलाई पाँच हजार नगदका दरले रकम वितरण गरेको छ । उकत रकम नेता बस्नेत, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता ईन्द्र बाँनिया, प्रदेश सांसद नीमा लामासहितको टोलीले हस्तान्तरण गरेको हो ।

    यस बाहेक नेता बस्नेतले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा आएको बाढीपहिरोबाट घर भत्किएकाहरूको घर बनाउन पहल गर्ने बताएका छन् । असार २५ गते आएको बाढीपहिरोका सिन्धुपाल्चका धेरै घरहरु भत्किएका थिए ।

    घरविहिन ८० घरपरिवार तातोपानी ड्राइपोटमा अस्थायी रुपमा बसिरहेका छन् । घरबारविहीन भएकाहरूको वडा कार्यालयले तथ्यांक संकलन गरेपछि उपयुक्त सुरक्षित जग्गा भएमा आफूले घर निर्माणका लागि सहयोग गर्ने नेता बस्नेतले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०९:२७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend