काठमाडौं - बिहीबार दिउँसो बालुवाटारमा नेकपाका तीन नेताबीच भएको वार्ता सकारात्मक हुन सकेको छैन् । नेकपाको विवाद दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइ सहमतिमा पुग्न नसक्दा दुवै पक्षले आफ्नै योजना बनाउँन थालेका हुन् ।
अहिले बालुवाटार र खुमलटारमा दुवै पक्षका नेताहरु आफु निकटका नेताहरुसँग आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् ।
बालुवाटारमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत सहभागी छन् । त्यसैगरी खुमलटारमा बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शक्य, भीम रावल, जनार्दन शर्मा लगायतका नेताहरुबीच छलफल भएको हो ।
बिहीबार पनि प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने ओलीले आफु राजीनामा नगर्ने बरु स्थायी समिति बैठक फेस गर्ने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।