सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा ढल्ने सक्ने स्थितीमा, आज पनि ओलीको गोप्य छलफल

नेकपा ढल्ने सक्ने स्थितीमा, आज पनि ओलीको गोप्य छलफल

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 7.9K
    SHARES

  • नेकपा ढल्ने सक्ने स्थितीमा, आज पनि ओलीको गोप्य छलफल

    काठमाडौं - नेकपाभित्रको विवाद सहमतिको अवस्थामा नआउने देखिएको छ ।

    प्रधानमन्त्री पदबाट राजीनामा गर्न र दुई मध्ये एक मात्र रोज्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल दबाब बढाएपछि ओलीले आफु निकटकासंग छलफल थालेका छन् । अाेजी पार्टिकाे नेतृत्व र पद कुनै छाेड्न नमान्ने भएपछि नेकपा पार्टि विभाजन हुनसक्ने बाटाे समेत बाँकी छ ।

    बिहीबार दिउसो वालुवाटारमा भएको छलफल उक्त दबाबबीच निष्कर्षविहीन बनेर टुंगिएपछि आफू निकट नेताहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका हुन् ।
    छलफलमा उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र सांसदहरू बालुवाटार छलफलमा सहभागी छन् ।

    भोलि शुक्रबार बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्री ओलीले नेताहरूसँग छलफल गरिरहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०७:४५:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend