सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

थेग्नै नसक्ने विराेधपछि वैदेशिक रोजगार बोर्डबाट खड्का आफैले दिए राजीनामा

थेग्नै नसक्ने विराेधपछि वैदेशिक रोजगार बोर्डबाट खड्का आफैले दिए राजीनामा

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 4.0K
    SHARES

  • थेग्नै नसक्ने विराेधपछि वैदेशिक रोजगार बोर्डबाट खड्का आफैले दिए राजीनामा

    काठमाडौं- असार १९ गते वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त भएका कैलाश खड्काले राजीनामा दिएका छन्। खड्कालाई नियुक्त गरिएपछि चौतर्फी विरोध भएको थियो।

    अहिले उनी आफैले व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव समक्ष बिहीबार राजीनामा दिएका हुन्।

    खड्काले आफूलाई बोर्डको सदस्यमा नियुक्त गरिएकोमा मन्त्री यादवलाई धन्यवाद दिँदै, आफ्नै कारणले बोर्डको सदस्य भएर काम गर्न नसक्ने जनाएको श्रम मन्त्रालय स्रोतले जनाएको छ।


    श्रममन्त्री यादवले समेत खड्काले राजीनामा दिएका पुष्टि गरेका छन्। चौतर्फी विरोधकै कारण श्रम मन्त्री यादवकै सल्लाहमा खड्काले राजीनामा दिएका हुन्।

    खड्काले आफ्नै कारण राजीनामा दिएको बताइएको छ । खड्कालाई बोर्ड सदस्यमा नियुक्त गरेलगत्तै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि श्रममन्त्री यादव अप्ठेरोमा परेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०७:३२:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend