काठमाडौं - आन्तरिक उडान सञ्चालन हुने तयारी सुरु भएको छ । कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी तयारी भइरहेको हो ।
बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाई यात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने जनाएको छ ।
प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोगको मार्गनिर्देशको अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योरु बनाइएको कम्पनीका एक कर्मचारीले बताएका छन् । यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ।
त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ। कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ। अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।