काठमाडौं - पशुपति क्षेत्र विकास कोषले भारतीय भट्टलाई हटाउने कुनै कुरा नभएको बताएको छ । कोषले नयाँ भट्ट राख्ने सोच पनि नभएको र पूराना भट्टलाई पनि नहटाइने बताएको हो ।
कोषले बिहिबार एक विज्ञप्ति जारी गर्दै नयाँ भट्ट राख्ने सोच नभएको उल्लेख गरेको छ। नेपाल सरकारले पशुपतिमा कार्यरत भट्टहरू हटाउन लागेको भन्ने विभिन्न अनलाइनमा न्यूज पोर्टलमा समाचार प्रकाशित भएपछि पशुपति विकास कोषले आपत्ति जनाएको विज्ञप्तिमा जनाएको छ।
'नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रुपमा रहेको प्रगाढ सम्बन्धलाई धूमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहिरहेको हुँदा त्यस्ता भ्रामक समाचारका पछाडि नलाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछु।' पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले विज्ञप्ती जारी गर्दै भनेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।