काठमाडाैं - ट्विटरमा अहिलेसम्मकै नयाँ किसिमको र खतरनाक साइबर अट्याक भएको छ ।
अट्याकरले विश्वका धनाड्यव्याक्तिहरुका खाताहरु ह्याक गरेर ती खाताहरुबाट एकै पटक विभिन्न किसिमका ट्विट गरेको हो ।
उक्त ट्विट डिजिटल रुपैयाँ क्रिप्टोकरेन्सीसँग सम्बन्धीत रहेका थिए ।
अमेरिकी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्या पर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डलबाट ‟तपाइहरू १ हजार डलर पठाउनुहेस् म दुर्इ हजार डलर फिर्ता गर्छु, ये अउँदे ३० मिनटसम्मका लागि मात्रै हे ।ध्र भन्दै ती अकाउन्टबाट ट्विट गरिएका थिए ।
टिव्ट गरिएको केहि मिनेटमै विश्वभरका ३ सय ७३ भन्दा बढी मानिसहरुले झण्डै १ लाख डदरभन्दा बढी पैंसा उक्त खातामा हालिसकेको खुलेको छ ।
कसरी भयो साइबर अट्याक ?
ट्विटरले साइबर हमला कसरी भयो भनेर एकिनन् भन्न सकेका छैन् । यद्यपी उस्ले टिव्टरकै कर्मचारीहरुको अकाउन्टलाई लक्षित गरेर हमलाकारीहरुले ती अकाउन्टहरुसम्म पहुँच बनाएको हुनसक्ने बताएको छ ।
टिुवटरको साइबर हमलाविरुद्ध काम गर्ने टोलीले अहिले यसमा काम गरिररहेको छ ।
टिव्टरले हमलाकारीहरुले ट्विट गरेको केहि बेरमै ती अकाउन्टहरुलाई आफ्नो जिम्मा लिएर ट्विट हटाएको थियो ।
योसँगै टिव्टरले भेरिफाइड ट्विटर अकाउन्टहरुलाई विशेष निगरानीमा राखेको छ । उस्ले यस्ता अकाउन्टबाट सँगै अथवा एकै साथ ट्विट नहुन दिने बनाएको छ ।
कस्ले गर्याे ह्याक ?
ह्याकरले ट्विटरमा लेखेका ट्विटको सम्बन्ध क्रिप्टोहेल्थ डटकम नामको वेबसाइटसँग सम्बन्धीत पाइएको छ ।
त्यस्तै इन्स्टाग्राममा समेत क्रिप्टोहेल्थ नामबाट आइडी रहेको यो प्रयोगकर्ताले आफ्नो २४ घण्टे स्टोरीमा ‘यो दानका लागि गरिएको हमला हो, यदि तपाइको पैंसा पनि पार्याे भने ढुक्क हुनुहोस् सहि ठाउँमा प्रयोगहून्छ’ भन्दै पोष्ट गरेको छ ।
उक्त पोष्टपछि पनि अर्काे पोष्ट गर्दै आउँदो हप्तामा अझैं खतरा हुने उल्ल्खे गरेको छ ।
यो प्रयोगकर्ताले इन्साटाग्रामको बायोमा इटवाजमी अर्थात त्यो म थिए भनेर लेखेको छ । यद्यपी ह्याक कुन समुहले गर्याे भन्ने कुरा प्रष्ट भइसकेकाे छैन् । ट्विटरका संस्थापक ज्याक डाेर्सीले यसबारे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।