सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना भाइरस विरुद्धको खोप यसै साता आउने, विश्वभर खुसियाली

कोरोना भाइरस विरुद्धको खोप यसै साता आउने, विश्वभर खुसियाली

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 16.0K
    SHARES

  • कोरोना भाइरस विरुद्धको खोप यसै साता आउने, विश्वभर खुसियाली

    काठमाडौं– कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क ‘आइटिभी’ का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

    ‘अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै (सम्भवत भोलि नै) सकारात्मक खबर सुन्न पाइने छ,’ रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ।

    तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन्। उनीहरूले यसै महिना अहिलेसम्मको परीक्षणबाट आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। यसले परीक्षणमा सहभागी व्यक्तिहरूमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन सकारात्मक काम गरेको उनीहरूले बताएका छन्।

    पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ। पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो। यसको नतिजा ‘ल्यान्सेट’ भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

    अक्सफोर्ड विश्वविद्यालयकी प्रवक्ताले नतिजा प्रकाशन निम्ति मेडिकल जर्नलको निर्णय कुरिरहेको बताएकी छन्।

    संसारभरि कोरोना भाइरसविरूद्ध सयभन्दा बढी खोप परीक्षण भइरहेका छन्। तीमध्ये अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाको अनुसन्धानलाई अग्रणी मानिएको छ। यो अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले समेत एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो। यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ।

    यो लगानीको बदलामा अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप आफ्नो निम्ति बुक गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०९:१६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend