आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजदेखि साझा बस सञ्चालनमा, कुन रूटमा र कसरी चल्दैछन् ?

आजदेखि साझा बस सञ्चालनमा, कुन रूटमा र कसरी चल्दैछन् ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 3.4K
    SHARES

  • आजदेखि साझा बस सञ्चालनमा, कुन रूटमा र कसरी चल्दैछन् ?

    काठमाडाैं- सरकारी लगानीको साझा यातायातले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्दै छ।

    उपत्यकाका धेरैजसो रुटमा २६ वटा बस सञ्चालन गर्न लागिएको साझा यातायातले जनाएको छ। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिए।

    बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको उनले बताए। उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ।

    उनले भने, ‘बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ।’ पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ।

    पहिले थोरै बसबाट सुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले जानकराी दिए। सरकारले तोकेअनुसार नै भाडा लिइनेछ।

    मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो।

    यातायात व्यवस्था विभागले औपचारिक रूपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएकाले सुरु गरिएको हो । उनले भने, ‘आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ।’

    काठमाडौं उपत्यकामा १० रुट रहेकामा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०८:०७:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend