आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिन्धुपाल्चोकमा फेरि बिजाेग : पहिरोले दुई घर बगे, पाँच जना बेपत्ता

सिन्धुपाल्चोकमा फेरि बिजाेग : पहिरोले दुई घर बगे, पाँच जना बेपत्ता

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 4.7K
    SHARES

  • सिन्धुपाल्चोकमा फेरि बिजाेग : पहिरोले दुई घर बगे, पाँच जना बेपत्ता
    फाइल तस्वीर
     

    सिन्धुपाल्चाेक- सिन्धुपाल्चोकमा फेरि पहिराे गएकाे छ ।  भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन्।

    एक साताअघि गएको पहिरोमा बेपत्ता भएका २० जना नभेटिँदै जिल्लामा थप पाँच जना पहिरोमा बेपत्ता भएका हुन्।

    हिजाे रातिकाे पहिराेले दुर्इ घर बगाउँदा पाँच जना बेपत्ता भएका स्थानीय बासिन्दाले जानकारी दिएका छन्। घटना गए राति ११ बजेको हो। घटनास्थल सदरमुकामबाट ७५ किमी टाढा पर्छ।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। ‘घटनामा पाँच जना बेपत्ता भएको खबर आएको छ,’ एसपी महर्जनले बिहीबार बिहान नेपालखबरसँग भने, ‘प्रहरी अझै घटनास्थलमा पुग्न नसकेकाले विस्तृत विवरण प्राप्त भएको छैन।’

     

    सबैभन्दा नजिक रहेको फुलपिन कट्टी प्रहरी चौकीबाट घटनास्थल पुग्न तीन घण्टा  लाग्ने र घटनास्थलमा सशस्त्रको टोली पनि गइरहेकाे बताइएकाे छ ।  

    एक साताअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको बाढीपहिरोमा परेर बेपत्ता भएका २० जना अझै भेटिएका छैनन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०८:०२:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend