सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कम्युनिस्ट सरकारकाे जनतालाई पूरस्कार, विहान उड्दा रिचार्ज कार्डमा २ प्रतिशत कर

कम्युनिस्ट सरकारकाे जनतालाई पूरस्कार, विहान उड्दा रिचार्ज कार्डमा २ प्रतिशत कर

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 3.1K
    SHARES

  • कम्युनिस्ट सरकारकाे जनतालाई पूरस्कार, विहान उड्दा रिचार्ज कार्डमा २ प्रतिशत कर

    काठमाडौं - आज रातिबाट रिचार्जमा सरकारलदे २ प्रतिशत कर लागु गर्ने भएको छ । साउन १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ आर्थिक ऐनको व्यवस्था अनुसार टेलिकमको स्वामित्व शूल्क लागु हुने भएको हो । जसअनुसार अब रिचार्ज कार्डमा दुई प्रतिशत थप कर लाग्नेछ ।

    त्यस्तै आज राति १२ बजेपछि एक घण्टा टेलिकमको सेवामा समस्या आउन सक्ने समेत बताएको छ । कम्पनीले नयाँ आर्थिक ऐन अनुसार बिलिङ सिस्टममा परिमार्जन गर्नेक्रममा केही समस्या आउन सक्ने भन्दै पूर्व सूचना जारी गरेको हो ।

    कम्पनीका अनुसार यसक्रममा राती १२ बजे पश्चात करिब एक घण्टाको अवधिमा टेलिकमको रिचार्ज सेवा, भ्वाइस तथा डेटा प्याक खरिदमा केही समस्या आउन सक्नेछ । यसबाट पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।

    साउन १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ आर्थिक ऐनको व्यवस्था अनुसार टेलिकमको स्वामित्व शूल्कमा फेरबदल हुनेछ ।


    यस अघि पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन फोनमा मात्रै लाग्दै आएको स्वामित्व शूल्क अब प्रिपेड मोबाइलमा समेत लाग्नेछ । टेलिफोन जडान गर्ने ग्राहकले टेलिफोन स्वामित्व शूल्क वापत पाँच सय रुपैयाँ तिर्नुपर्नेछ ।

    टेलिफोन स्वामित्व परिवर्तन भएको अवस्थामा टेलिफोनको स्वामित्व प्राप्त व्यक्तिबाट समेत त्यस्तो शूल्क असुल गरिने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

    ग्राहकबाट असुल गरिएको स्वामित्व शूल्क सेवाप्रदायकले प्रत्येक महिनाको २५ गतेभित्र सरकारको राजस्व खातामा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी शूल्क दाखिला नगरेमा सेवाप्रदायकबाट वार्षिक १५ प्रतिशत ब्याज सहित असुल गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०९:३७:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend