काठमाडौं- नेपाल प्रहरीका दुई डिआइजी एआइजीमा बढुवा सिफारिस भएका छन् । गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा सिफारिस गरेको छ ।
समितिले निरजबहादुर शाही र प्रद्युन्न कार्कीलाई एआइजी बढुवामा सिफारिस गरेको हो ।
केही जुनियर डिआइजीहरूसमेत बढुवाको दौडधुपमा भएपछि अन्ततः सिनियर डिआइजीहरू नै बढुवा सिफारिस भएका छन् । उनीहरू दुवैजना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै भर्ना भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।