काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले केही स्थायी कमिटी सदस्य बोलाएर छलफल गरेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको बुधबारको बैठक पनि निष्कर्षविहीन भएपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।
जानकारी अनुसार अध्यक्ष ओलीले गोकर्ण विष्ट, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेललगायतसँग छलफल गरिरहेका छन् ।
पछिल्लो समय स्थायी कमिटीका केही सदस्य र शीर्ष नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग हुँदै आएको छ। तर, ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान राखेका छन् ।
यसोहुँदा प्रचण्डपक्षिय र ओलीपक्षिय समुहबीच आन्तरिक द्धन्द्ध चलिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।