आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पठाओका संस्थापक फहिम सलेको हत्या

पठाओका संस्थापक फहिम सलेको हत्या

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 6.3K
    SHARES

  • पठाओका संस्थापक फहिम सलेको  हत्या

    काठमाडौं - राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सले अमेरिकामा मृत भेटिएका छन् । सोमबार मध्यान्न उनको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको बीबीसीले जनाएको छ ।

    न्युयोर्कमा मृत भेटिएका फहिमको शव नजिकै धारिलो हतियार भेटिएको हुँदा हत्याको अनुमान गरिएको हो । यद्यपी प्रहरीले अहिलेसम्म पुष्टि भने गरेको छैन् ।

    ३३ वर्षीय उद्यमी फहिमको हत्या नै भएको भए पनि कारण भने हालसम्म खुल्नसकेको छैन। फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ।

    बुधबार आफ्ना संस्थापक तथा कार्यकारी अधिकृत फहिमको मृत्युले पठाओ कम्पनी स्तब्ध भएको बताएको छ। पठाओ हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए। फहिमको हत्या योजनावद्ध भएको आशंका गरिएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फहिमको जन्म बंग्लोदेशमा भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०७:५४:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend