आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बेरोजगार व्यक्तिलाई निवेदन दिन मन्त्रालयको गर्याे आह्वान, के हाे कारण ?

बेरोजगार व्यक्तिलाई निवेदन दिन मन्त्रालयको गर्याे आह्वान, के हाे कारण ?

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 5.9K
    SHARES

  • बेरोजगार व्यक्तिलाई निवेदन दिन मन्त्रालयको गर्याे आह्वान, के हाे कारण ?
     
    काठमाडाैं - बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा निवेदन दिन  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्ताव गरेकाे छ । मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै यस्ताे अाग्रह गरेकाे हाे ।
     
    निवदेन आगामी साउन ७ गतेदेखि भदौ ७ सम्म सबै गाउँपालिका र नगरपालिकाका सम्बन्धित वडामार्फत  दिन आह्वान सकिने छ । मन्त्रालयले स्थानीय तहहरुमार्फत बेरोजगार व्यक्तिको लगत संकलन गर्ने र आंशिक रोजगारी दिने गर्दछ।

    आर्थिक वर्ष २०७७/७८ मा रोजगार सेवा केन्द्रमा वेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने कार्य २०७७ चैत १ देखि प्रारम्भ भएता पनि विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नेपाल सरकारले गत चैत्र ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण प्रभावित भएकोमा हाल बेरोजगार नागरिकले निवेदन दिने समय सीमा मिति २०७७ श्रावण ८ देखि २०७७ भाद्र ७ सम्म कायम गरिएको मन्त्रालयले जनाएको छ।

    सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट बेरोजगार व्यक्तिको निवेदन संकलन र वेरोजगार व्यक्ति सूचिकरणको आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत गत वर्ष असार ३१ मा सबै गाउँपालिका र नगरपालिकामा अनुरोध भई सकेको जनाइएको छ।

    निवेदनको ढाचाँ www.pmep.gov.np बाट समेत प्राप्त गर्न सकिने छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०७:४०:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend