काठमाडौं - कोरोना भाइरसको कारण थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा रौतहटको परवाह नगरपालिका(७, का ३६ वर्षीय पुरुष रहेका छन् । उनको आजै (बुधबार) दिउँसो साढे २ बजे उपचारका क्रममा मृत्यु भएको हो।
मृतकका दाजुको पनि कोरोनाकै कारण भारतमा मृत्यु भएको थियो । भारतमा रहेका दाजुको कोरोनाबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनी ब्याङ्लोर गएको गएका थिए। उनी यही असार २४ गते नेपाल आएका थिए।
नेपाल फर्केपछि रौतहटकै परवाहमा रहेको क्वारेन्टिनमा बसेका थिए।
उनी पुरुषमा यही असार २९ गते रुघाखोजी, ज्वारो र स्वास्प्रश्वास समस्या देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
उनको सोही दिन स्वाब संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। उनको आज पोजिटिभ रिपोर्ट आएको थियो
गएरातिदेखि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको र बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको दिउँसो २।३० बजे मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।