सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीले दिएकाे अभिब्यक्तिका कारण पार्टीमा धर्म र हिन्दू धर्मप्रतिकाे विश्वास गुम्न थालो : विनय कुमार

ओलीले दिएकाे अभिब्यक्तिका कारण पार्टीमा धर्म र हिन्दू धर्मप्रतिकाे विश्वास गुम्न थालो : विनय कुमार

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 10.4K
    SHARES

  • ओलीले दिएकाे अभिब्यक्तिका कारण पार्टीमा धर्म र हिन्दू धर्मप्रतिकाे विश्वास  गुम्न थालो : विनय कुमार

    विनय कुमार
    सम्योजक, राष्ट्रिय एकता अभियान

    अयोध्यालाइ जाेडेर प्रधानमन्त्री केपी ओलीले दिएकाे अभिब्यक्तिका कारण पार्टीमा धर्म र हिन्दू धर्मप्रतिकाे विश्वास हराउन थालेको देखाउँछ। यसको मुख्य कारण चिनियाँहरुको अत्यधिक दबाब हो जसले कम्युनिज्मलाई धर्मको रुपमा प्रस्तुत गर्न चाहान्छन्।

    स्कूल, विश्वविद्यालय, सरकारी कार्यालयहरूमा छिट्टै नै विश्व कम्युनिष्ट नेताहरूको फोटो देख्न सकिन्छ। बिस्तारै नेपालका जनताले राम र सीतालाई भन्दा सी जिनपिंग र माओलाई प्रार्थना गर्नु पर्ने थियो।

    नेताहरूले बुझ्नुपर्दछ कि उनीहरू धार्मिक भावना र धार्मिक तथ्यहरूसँग छेडछाड गर्न नसकिने गरी जनताको भावनासँग खेल्न सक्दैनन्। यसबाहेक धर्म व्यक्तिको व्यक्तिगत जीवनको हिस्सा हो – सरकारको होइन। नेपाल बहु धर्म, जाति र संस्कृति भएको देश हो ।

    हाल नेपालमा कम्युनिष्ट पार्टीहरूको बहुमतीय सरकार छ । नेपालका सबै कम्युनिष्ट धारका पार्टीभित्र धर्ममा आस्था राख्नेहरूको ठूलो जमात छ । जसले पार्टीभित्र नै भ्रातृ संगठन खोलेका छन् । कुनै व्यक्ति कुनै पार्टीप्रति आस्था हुनु भनेको पार्टीको नीति र सिद्धान्त आफू अनुकूल हुनु हो । अर्थात् मानिसहरू पार्टीको विधान पढेर, सुनेर, बुझेर अनि मनन गरेर नै उक्त पार्टीको सदस्य बन्ने गर्छन् ।

    कम्युनिष्टहरूको विश्व इतिहास हेर्ने हो भने उनीहरूको सिद्धान्त धर्मका पक्षमा देखिँदैन । नेपालका कम्युनिष्टहरू पनि धर्मप्रति सकारात्मक देखिँदैनन् । जुन कम्युनिस्ट शीर्ष नेताहरूको क्रियाकलापले दर्शाउँछ । तथापि धर्मकर्ममा विश्वास गर्ने कम्युनिष्टहरू आफ्नो पार्टीको सिद्धान्तसँग कसरी सहमत छन् भन्ने विषय सोचनीय छ । नेपालमा कुल जनसंख्याको ८१.३ प्रतिशत हिन्दू धर्मावलम्बी छन् । पछिल्लो राजनीतिक परिवर्तनसँगै देश धर्मनिरपेक्ष घोषित भएको छ ।

    हिन्दू राज्यको वकालत गर्ने कमल थापाको पार्टी राट्रिय पार्टी सम्म बन्न सकेन । जसले नेपालीहरू धर्मभन्दा आफ्नो पार्टीलाई बढी महत्व दिन्छन् भन्ने कुरा दर्शाउँछ । पछिल्लो समय धार्मिक प्रवचन दिने पण्डितहरूमाथि गोली प्रहार भयो ।

    देशमा खुलेआम धर्म परिवर्तनका विभिन्न क्रियाकलाप देखिन थालेका छन् । देशका सम्मानित प्रधानमन्त्री स्वयं ईश्वरको नाममा सपथ खाँदैनन् । देशका प्रमुख धर्मावलम्बीहरूको चाडपर्वमा दिइँदै आएको राष्ट्रिय बिदा कटौती हुन्छ । प्रधानमन्त्री कार्लमाक्सलाई पुज्ने हुकुम दिन्छन् ।

    यसरी प्रत्येक दिन धार्मिक आस्थामाथि प्रहार भइरहँदा सम्पूर्ण जनता मौन छन् । विरोध कतै हँुदैन । यी सबै घटनाक्रमले देश नास्तिकतातर्फ जाँदै छ भन्ने अनुमान लगाउन सकिन्छ ।

    ईश्वर अनि धर्मप्रति आस्था हुनु नहुनु आआफ्नै किसिमका धारणा हुन सक्छन् । अहिले पनि विश्वभरि बहुसंख्यक मानिसहरू धर्मप्रति आस्था राख्ने गर्दछन् । यसरी धर्मप्रति आस्था नहुने हो भने विश्वका शक्तिशाली देशहरूले विभिन्न वहानामा ठूल्ठूला युद्ध गराउँदैनथे । जसको मुख्य कारण भनेको अर्को धर्मको नाश गर्नु हो ।

    तेल, आणविक हतियार आदि सबै बहाना हुन् । पछिल्लो घटनाक्रमले त्यही कुराको पुष्टि गर्दछ । उत्तर कोरिया र अमेरिकाको युद्ध नहुन यसको गतिलो उदाहरण हुनसक्छ । हाम्रो देशका कम्युनिस्टहरू बोली र व्यवहारमा अपरिपक्व छन् किनकि तिनै नेताहरू जसले आफ्नो पिताको चाहना भन्दै दशैँको टीका जमरा लगाउने गर्दछन् । बाबुकै नाममा चार धाम घुम्ने गर्छन् । मुस्लिम बाहुल्य भएको ठाउँमा गएर मुस्लिमहरूको पहिरन लगाउदै इस्लाम धर्मको चर्चा गर्छन् ।

    बौद्धहरूको अगाडि ‘बुद्ध भगवान्’ नेपालमा नै जन्मेका हुन् भनेर छाती पिट्छन् । फेरि कम्युनिष्टहरूको भीडमा जाँदा कार्ल माक्र्सलाई भगवान् बनाइदिन्छन् । कार्ल माक्र्स यहुदी परिवारमा जन्मिएका थिए । उनको परिवारले धर्म परिवर्तन गरि इसाई धर्म स्वीकार गरेका थिए ।

    कार्ल माक्र्स एक प्रसिद्ध दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्ति हुन् । कार्ल माक्र्स जसको विचार सिद्धान्तको आधारमा साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो अर्थात् कार्ल माक्र्स ईश्वर र धर्मप्रति आस्थावान् थिएनन् ।

    निश्चित रूपमा उनले यो सोचेका थिएनन् कि उनका समर्थक उनलाई भगवान् मान्ने छन् । नेपालमा कार्ल माक्र्सको सिद्धान्तलाई सर्वोपरि ठान्नेहरू उनलाई पूजनयि ठान्दछन् । कम्युनिज्म अर्थात् साम्यवाद जहाँ वर्गहीन समाजको परिकल्पना गरिन्छ तथापि त्यहाँ पनि कोही पूजनीय छ ।

    धर्मले हामीलाई जीवन जिउने तरिका सिकाएको छ । बाँच्नुको उद्देश्य प्रस्ट पारेको छ । हामीलाई सर्वोत्कृष्ट मानव बन्ने मार्ग देखाएको छ । धर्मग्रन्थहरूले देखाएका बाटोले गर्दा नै आजसम्म मानव अस्तित्व छ । जुन आधुनिक विश्वको जन्म हुनुभन्दा हजारौँ वर्ष अघिदेखि थियो र अहिल सम्म छ अनि ईश्वर र धर्मप्रति आस्था रहुन्जेल रहनेछ ।

    कार्ल माक्र्स एकजना दार्शनिक हुन् जसको विचारले केवल केही नास्तिक विचारकहरूलाई जन्म दिएको होला तर कार्ल माक्र्स तथा उनका अनुयायी र सम्पूर्ण जगतको जन्म केवल एक परमात्माको देन हो । अब माक्र्सवादीहरुले के गर्ने ? हिन्दू धर्मभित्रको जातीय विभेदको फाइदा उठाई क्रिश्चियनहरु गरीब, दलित, जनजातिहरुका घरदैलोमा पुगेर बाइबल बाँडिरहेका छन् ।

    हरेक देशमा क्रिश्चियनहरु वातावरण शुद्धिकरण, स्वास्थ्य, शिक्षा जस्ता जनमूखी कार्यक्रम बोकेर छिर्छन अनि त्यहाँ मिहिनरुपले धर्म परिवर्तनको मार्गमा लाग्छन् । यसकार्यका लागि साम्राज्यवादी देशहरुले अरबौं अरब डलर खर्चेको छ । चिनियाँ चिन्तक चेन याओ क्वाङले एसिया र अफ्रिकामा याङ्की साम्राज्यवादी साँस्कृतिक अतिक्रमण नामको लेखमा भन्नुभएको छ “ अमेरिकी मिसनरीहरुले राष्ट्रिय स्वधीनता आन्दोलन र सामाजिक प्रगतिप्रति सहानुभूति राखेको जस्तो गर्छन, जसबाट उनीहरु जनआन्दोलनहरुमा घुस्न सकून र आम जनतालाई क्रान्तिको बाटोबाट र अमेरिकी साम्राज्यवादको विरोधको बाटोबाट सुधारको बाटोतिर लैजान सफल होउन् ।

    उनीहरु चर्चहरुलाई आदिवासीहरुको संस्थाको चरित्र दिएर धार्मिक र राष्ट्रिय स्वरुपमा प्रस्तुत गर्छन् । भित्री रुपमा अमेरिकी मिसिनरीले काम गरे पनि बाहिर उभ्याउने पात्रचाहिँ अर्कै हुन्छ ।”( विकल्प, असोज २०७२) नेपालका कम्युनिष्टहरुले चेन याओ क्वाङको यो कुराबाट शिक्षा लिनै पर्छ ।

    कम्युनिष्ट नेताहरु कुनै पनि धर्मको धार्मिक यज्ञ, धार्मिक प्रवचन, धार्मिक गतिविधिमा किन संलग्न हुने ? के यो कम्युनिष्टहरुको आदर्शभित्र पर्छ ? यस्ता धार्मिक कार्य गर्न कम्युनिष्ट नेताहरुको रहर हो भने माक्र्सवादको किताब च्यातेर हिँड्नुपर्यो । बाध्यता हो भने माक्र्सवादी शब्दकोष भित्र बाध्यता भन्ने शब्दावली नै हुँदैन भन्ने हेक्का यी कम्युनिष्ट अर्थात माक्र्सवादी हुँ भन्ने नेताहरुले राख्नुपर्यो ।

    जनतालाई द्वन्दात्मक भौतिकवादी बनाउँन हिंड्नुपर्ने नेतृत्व धार्मिक पूजापाठ गर्ने, पादरीको आशिर्वाद ग्रहण गर्न जाने जस्ता कार्यले दुनियाँ हँसाएकोछ । सरकारमा रहेका कम्युनिष्टहरुले द्वन्दात्मक भौतिकवादको सृजनात्मक ढंगले प्रचारप्रसार गर्ने, साँस्कृतिक रुपान्तरणका खाकाहरु ल्याउँने, चाँडपर्वहरुमध्ये कस्ता चाँडपर्व प्रतिगामी छन् र कस्ता चाँडपर्व रुपान्तरण गरि मनाउँन सकिने छन भनी बिश्लेषण बहस चलाउनुपर्छ ।

    क्रिश्चियन मिसनलाई निस्तेज पार्न कस्ता कार्यक्रमहरु अघि सार्ने भन्नेबारेमा पनि कम्युनिष्ट नेताहरु गम्भिर हुन आवश्यक छ । अबका दिनमा सरकार टिकाउँने लोभमा, चुनावमा रकम जोहो गराउँने लोभमा द्वन्दात्मक भौतिकवादलाई नाङ्गो बनाएर प्रदर्शन गर्न कुनै पनि कम्युनिष्ट नेताले पाउँने छैनन् ।

    यसो हुँदै जाने हो भने नेपालमा माक्र्सवादको झण्डा बोकेर शसस्त्र संघर्षको नारा लिएका अरु कम्युनिष्ट समूहहरु पनि क्रियाशील छन् र उनीहरु माक्र्सवादी चिन्तन र दर्शनलाई आध्यात्मवादको पाउमा चढाएको कुरालाई सहन सक्तैनन् र माक्र्सवादी चेतना बोक्ने अभियान मर्दैन भन्ने पनि बुझ्न जरुरी छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०३:४५:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend