काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्ने बताएका छन्।
उनले फागुन ७ गतेदेखि हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका हुन्। समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने उनको भनाइ छ।
चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताएका हुन्। उनले विभिन्न दलका एक दर्जन भन्दा बढीलाई पार्टी प्रवेश गराएका छन्।
‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।
‘कोरोना भएको यतिका भइसक्यो सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेन। चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर लेखा समितिलेसरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको भनाइ छ।
‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरू आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ।’ छानविन गर्दैछ,’ उनले भने।

















मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।