आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलएसीको दाबी स्पष्टताका लागि नक्सा देखाउन चीनलाई भारतको चेतावनी

एलएसीको दाबी स्पष्टताका लागि नक्सा देखाउन चीनलाई भारतको चेतावनी

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 3.6K
    SHARES

  • एलएसीको दाबी स्पष्टताका लागि नक्सा देखाउन चीनलाई भारतको चेतावनी

    काठमाडौँ- भारतले चीनसँगको विवादित क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) का लागि नक्सा देखाउन चीनलाई भारतले चेतावनी दिएको छ ।

    अहिले चिनियाँ सेना विवादित भूमिबाट पछि हटेपछि भारतीय सेनाहरु आफ्नो पुरानो पोस्टसम्म नियमित गस्ती गरिरहेका छन् । चीनले आफ्नो दाबी गरेको भूमिसम्म आफ्नो नक्सा देखाएमा दुबै पक्षको गस्ती गर्न र सीमा रक्षाको व्यवस्थापनमा सहज हुने जनाइएको छ ।

    तर, चीनले भने उक्त क्षेत्रको नक्सा देखाउन अस्वीकार गरेको छ । सीमा विषयमा २२ पटक दुबै पक्षबीच वार्ता हुँदा पनि चीनले आफ्नोतर्फको नक्सा देखाउन अस्वीकार गरेको छ । चीनलाई बारम्बार आग्र गर्दा पनि नक्सा देखाउन आग्र गर्दा पनि अस्वीकार गरेपछि भारतले उक्त गलवान क्षेत्रको आफ्नो नक्सा चीनलाई देखाएर उक्त भूमिमा आफ्नोतर्फका गतिविधिहरु अघि बढाइने जनाइएको छ ।

    यसअघि जून ६ मा अप्रिलमा भएको सामान्य झडपलगायतमा सीमा समस्या समाधानका लागि वरिष्ठ सैन्यस्तरमा वार्ता भएर समस्या समाधान गर्ने सहमति भएको थियो ।

    तर, उक्त सहमति विपरीत चीनले भारतमाथि जून १५ मा आक्रमण गरेको थियो । उक्त आक्रमणमा भारतर्फमा २० सैनिक मारिएका थिए भने चीनले आफ्नोतर्फ भएको हताहतिको विवरण सार्वजनिक गरेको छैन । उक्त विवाद साम्य पार्नका लागि भारत-चीनबीच पटक-पटक वार्ता भएका छन् ।

    सीमा क्षेत्रमा रहेका आफ्ना सैनिकलाई हौसला बढाउन र चीनलाई चेतावनीको संकेत गर्न भारतीय प्रधानमन्त्री मोदी लद्दाखको लेह पुगेका थिए । उनले त्यहाँ सेनालाई सम्बोधन गर्ने क्रममा भारतको रक्षाका लागि लद्दाखमा सेनाले देखाएको बहादुरीको संसारमै चर्चा भएको बताएका थिए । त्यसैगरी उनले चीनतर्फ संकेत गर्दै २१ औं शताब्दिमा विस्तारवादले काम नगर्ने जनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७११:५४:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend