काठमाडौँ- चीनले हङकङको नागरिक अधिकार, स्वायत्तता र स्वतन्त्रता खोस्दै नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि विश्वभरबाट आलोचना भइरहेको छ ।
पछिल्लो समय अस्ट्रेलिया र चीनबीच पनि चनाव बढेको छ । दुबै मुलुकबीचको व्यापारसमेत प्रभावित भएको छ । दुबै मुलुकले एक-अर्कोलाई आरोप्रत्यारोप गरिरहेका बेला अस्ट्रेलियाले पनि चीनले हङकङमा लागि लागु गरेको नयाँ सुरक्षा कानुनको चर्को आलोचना गरेपछि चीन आक्रोशित बनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हङकङबासीलाई बसोबासका लागि सहज प्रावधानको व्यवस्था, सुपुर्दगी सन्धि खारेज र सहरमा चिनियाँ यात्रा चेतावनी बढाइएको घोषणा गरेका छन् । अस्ट्रेलियाको यस निर्णयको निन्दा गर्दै क्यानबेरास्थिति चिनियाँ दूतावासले हङकङमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले हङकङको स्वतन्त्रतलाई समाप्त पार्ने काम गरेको छ ।
लामो समयदेखि हङकङको स्वयत्तता र स्वतन्त्रताको माग सहित प्रदर्शन गर्दै आएका हङकङबासीहरुलाई अब प्रदर्शनमासमेत रोक लगाइएको छ । मानिसहरुले सरकारविरुद्ध प्रदर्शन गरेमा उनीहरुलाई देशद्रोहको मुद्दा लाग्ने प्रावधान गरिएको छ । सन् १९९७ मा बेलायतलाई हङकङलाई चीनको जिम्मा लगाउँदा एक मुलुक दुई प्रणाली स्वीकार गर्दै ५० वर्षसम्म हङकङको स्वतन्त्रता र स्वायत्ततामा कुनै आँच आउन नदिने सहमति गरेको थियो ।
तर, उक्त सहमति विपरीत चीनले एकाएक हङकङमाथि पनि अधिनायकवाद लागु गरेको छ । अस्ट्रेलियाले हङकङबासीका लागि र हङकङका लागि गरेका गतिविधिहरुको दोष अस्ट्रेलियालाई दिनुभन्दा पनि त्यसको दोषी स्वयं चीन नै हो । चीनले यदि कुनै अवैाधनिक र २१ औं शताब्दिको मानव सभ्यताका लागि पाच्य भएमा अस्ट्रेलियाले कुनै कदम चाल्ने थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।