काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राजिनामा दिनुपर्ने अवस्था आए पार्टी फुटाउन तयार देखिएका छन्। तर, ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाडे उनलाई कसरी हटाउने भन्ने विषयमा नेकपाको असन्तुष्ट पक्ष अन्यौलमा देखिएको छ।
असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओली सहमतिमा नआए कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन नसकेको अवस्थामा ओली भने पार्टी फुट्ने अवस्थासम्मका लागि तम्तयार देखिएका छन्।
प्रचण्ड र नेपाल पक्षले संवादबाट सहमति नजुटेपछि पार्टीको कुनै कमिटीमा उनी विरुद्ध प्रस्ताव लाने वा संसदीय मोर्चाबाट उनलाई हटाउने भन्ने विषयमा निर्णय लिन सकेका छैनन्।
पार्टीका सबै कमिटीमा बहुमतमा रहेका प्रचण्ड र नेपाल पक्षले ओली पार्टी र सरकारको नेतृत्व गर्न असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका छन्। तर सो समूहका नेताहरुले कम्तीमा एक जिम्मेवारीबाट ओली हट्नैपर्ने बटमलाइन रहेको बताउँदै आएका छन्।
तर, प्रधानमन्त्री ओली चाहिँ आफ्नो अडान र आगामी कदमबारे प्रस्ट रहेको उनीनिकट नेताहरु बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।