सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

के हो नेकपामा ? माधव नेपाल र राष्ट्रपतिबीच वार्ता, ओलीको विषयमा कुरा

के हो नेकपामा ? माधव नेपाल र राष्ट्रपतिबीच वार्ता, ओलीको विषयमा कुरा

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 3.9K
    SHARES

  • के हो नेकपामा ?  माधव नेपाल र राष्ट्रपतिबीच वार्ता, ओलीको विषयमा  कुरा

    काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्।

    नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी खबर आजको नागरिक दैनिकले छापेको छ।

    ‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन।

    भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकतावद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन्।

    नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए।

    आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०८:२०:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend