सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुन तोलाकै एक लाख नजिक, के हो महंगिनुको कारण ?

सुन तोलाकै एक लाख नजिक, के हो महंगिनुको कारण ?

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 4.5K
    SHARES

  • सुन तोलाकै एक लाख नजिक, के हो महंगिनुको कारण ?

    काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ।

    अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। यो खबर आजको अन्नपूर्ण दैनिकमा विनय बञ्जराले लेखेका छन्।

    साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन्।

    नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ।

    सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो। त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ। सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरल उक्लिएको छ।

    अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्वपूर्ण वस्तु मानिन्छ। संसरमा सीमितिमात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो। एक सय वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो। अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ।

    विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ। किनकी, धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन्।

    तर, त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस सेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन्। किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ।

    अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन। सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन। तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ। हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं। तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०८:१६:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend