आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आजको मौसम : बाढीपहिरोबाट सावधान रहन आग्रह

आजको मौसम : बाढीपहिरोबाट सावधान रहन आग्रह

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 2.7K
    SHARES

  • आजको मौसम : बाढीपहिरोबाट सावधान रहन आग्रह
    काठमाडौं - आज (बुधबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिक बदली छ भने गण्डकी, प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।
     
    देशका विभिन्न ठाँउमा वर्षा हुने सम्भावना भएका कारण गर्दा बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।
     
    यस्तै आज दिउँसो (साँझ ६ बजेसम्म)  देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
     
    यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुनेछ भने प्रदेशहरू १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले जारी गरेकाे माैसम बुलेटिन यस्ताे छ :
     
    ‘देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०८:१२:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend