काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हङकङलाई चीन जस्तै व्यवहार गर्ने बताएका छन् । चीनले हङकङमाथि विवादास्पद सुरक्षा कानुन लागु गरेपछि अमेरिकाले यस्तो निर्णय अघि सारेको हो ।
अमेरिकाले यसअघि हङकङलाई विशेष सहयोग एवं सुविधाहरु दिने गरेको थियो । तर, अब वासिङ्टनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले हङकङलाई दिइएको अधिमान्य व्यवहार अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षरका क्रममा ट्रम्पले भने, ‘हङकङलाई अब मुख्यभूमि चीनजसरी नै व्यवहार गरिनेछ, अब हङकङलाई कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधि प्रदान गरिने छैन।’ हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीलाई अमेरिकामा प्रतिबन्ध लगाउने विधयेकमा पनि ट्रम्पले हस्ताक्षर गरेका छन्।
यसै महिनाको सुरुमा अमेरिकी संसद्बाट एकमतले पारित विधेयक कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधा अन्त्य हुनाका साथै बैंकहरूमा प्रतिबन्ध पनि लगाउन मिल्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।