सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा फेरि उथलपुथल- प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन तयार

नेकपामा फेरि उथलपुथल- प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन तयार

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 12.3K
    SHARES

  • नेकपामा फेरि उथलपुथल- प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन तयार

    काठमाडौं - नेकपाको विवाद टुंगो लाग्न नसक्दा फेरि उथलपुथल बढेकाे छ । केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाडि अघि बढ्न खाेज्दा नेकपामा अन्योल बढेकाे हाे ।

    यसक्रममा ओली पार्टी फुटाउन समेत तयार रहेको तर कुनै पद नछाड्ने स्थितीमा रहेकाे देखिन्छ । उता असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओली सहमतिमा नआए कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न सकिरहेका छैनन्।

    सुरुमा विवाद सहमतिबाट अगाडि बढ्ने कुरामा प्राथमिकता रहेको नेकपा नेताहरुले बताएका छन् । सहमति नभएको अवस्थामा कसरी जाने भनेर विकल्पमा छलफल सुरु गरेको नभएको समेत ती नेताले बताएका छन् ।

    पार्टीका सबै कमिटीमा बहुमतमा रहेका प्रचण्ड र नेपाल पक्षले दुवै पदबाट ओलीको राजीनामा मागेका छन्। कम्तीमा एक जिम्मेवारीबाट ओली हट्नैपर्ने बटमलाइन रहेको प्रचण्डपक्षको भनाइ छ ।

    तर, प्रधानमन्त्री ओली आफ्नो अडान र आगामी कदमबारे प्रस्ट रहँदा नेकपामा अन्योल बढेको छ । ओली निकट एक नेताले प्रधानमन्त्रीले कुनै पद छाड्नु नहुने र प्रचण्डसँग सहमतिका लागि गर्ने भनेको मंसिर ५ को सम्झौताको थप व्याख्या र आवश्यकताअनुसार प्रष्ट पार्ने आवश्यकता रहेको बताएका छन् ।

    प्रचण्ड र नेपाल पक्ष पार्टी विभाजनका तहसम्म नपुग्ने ओली पक्षको बुझाइ छ। विभाजनको परिस्थिति आए पनि ओलीले त्यसका लागि मनस्थिति बनाएको ओली निकट ती नेताको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७१०:०३:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend