आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

७३ करोडको नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली

७३ करोडको नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 7.6K
    SHARES

  • ७३ करोडको नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली

    काठमाडौँ - ७३ करोडबढिको नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको ओरोपमा एक कम्पनीका सञ्चालकविरुद्ध मुद्दा परेको छ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भाट)बीजक प्रयोग गरी राजश्व छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले युनिक वाइड इन्टरनेशनल प्रालि र न्यू युनिक इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

    कामपा–१ का युनिक वाइड र न्यू युनिक इन्टरनेशनलका सञ्चालकले रु ७३ करोड ६० लाख २८ हजार ७०० बराबरको नक्कली भ्याट बिल बनाएको पाइएको छ । उनीहरुले वस्तु तथा सेवा नै खरिद नगरी झुटा तथा नक्कली भ्याट बिल खरिद गरेको र आयकरसमेतको राजश्व चुहावट गरेको पाइएको छ ।

    विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ रु १२ करोड ४२ लाख २८ हजार ६१७ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ तथा लाभांश करतर्फ रु दुई करोड ५७ लाख ४० हजार ७७३ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

    आरोपी दुवै फर्मलाई बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०९:१३:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend