आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१ अर्ब भन्दा बढीकाे लागतमा आयल निगमले १० तले भवन बनाउने

१ अर्ब भन्दा बढीकाे लागतमा आयल निगमले १० तले भवन बनाउने

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 6.5K
    SHARES

  • १ अर्ब भन्दा बढीकाे लागतमा आयल निगमले १० तले भवन बनाउने

    काठमाडौं - नेपाल आयल निगमले आफ्नो १० तले भवन बनाउने भएको छ । केन्द्रीय कार्यालयको प्रायोजनका लागि निगमले भवन बनाउँने भएको हो ।

    हालको केन्द्रीय कार्यालय भूकम्पका कारण कमजोर भएकाले सबै कर्पोरेट सेवा एकै स्थानबाट दिने गरी भवन बनाउन प्रक्रिया अघि बढाएको निगमले जनाएको छ ।

    निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख पूर्णप्रसाद रिजालले नयाँ भवन बनाउँने विषयमा बोल्दै भने, ‘हालको केन्द्रीय कार्यालयको सबै संरचना भूकम्पपछि रातो लागेको अवस्था छ, अब बहुउद्देश्यीय आधुनिक भबन बनाउँदैछौं’


    केन्द्रीय भवनको कन्सल्ट्यान्सीको काम सकिएको र अन्तिम रिर्पोटको पर्खाइमा रहेको उनले बताएका छन् । निगमले नक्सा पासको प्रक्रिया पनि अघि बढाएको रिजालले बताए । एक अर्ब २२ करोड (कर सहित)को लागतमा बेसमेन्टसहित दश तल्ले केन्द्रीय कार्यालयको भवन निर्माण हुने निगमले जनाएको छ । भवन निमार्णको कार्य प्रारम्भपछि केन्द्रीय कार्यालय टेकु सारिने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०८:२९:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend