काठमाडौं - नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा गल्ती देखिएपछि नेपाल प्रहरीका एक बहालवाला डिएसपी विरुद्ध मुद्दा परेको छ । अाराेपि प्रहरी अधिकारी अहिले निलम्बनमा परेका छन् ।
डिएसपी रमेश बहादुर सिंहविरुद्ध नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति बिगारेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिंहले प्रहरी निरीक्षकको ओहदा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरुमा समेत जन्म मिति सच्चाई झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ लिएको अख्तियारको आरोप छ।
‘सोही उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो,’ कोइरालाले भने, ‘सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको छ ।’अख्तियारले उनीमाथि ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ ।
उनलाई प्रचलित भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।