सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनको व्यापारीक भविष्य अन्धकारमा, हुवावेलाई बेलायतले पनि लगायाे प्रतिबन्ध

चीनको व्यापारीक भविष्य अन्धकारमा, हुवावेलाई बेलायतले पनि लगायाे प्रतिबन्ध

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 2.6K
    SHARES

  • चीनको व्यापारीक भविष्य अन्धकारमा, हुवावेलाई बेलायतले पनि लगायाे प्रतिबन्ध

    बेलायतले चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेका सबै मोबाइल सामग्रीमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै सन् २०२७ मा बेलायतले पूर्णरुपमा हुवावेका सेवाहरुलाई त्यहाँबाट निष्कासन गर्ने योजना बनाएको छ । भन्सारविभागका सचिव ओलिभर डोउदेनले यो निर्णय सुनाएका हुन् ।

    वासिंगटनले झैं बेलायतले पनि सुरक्षा खतराका कारण हुवावेमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यद्यपी हुवावेले यो कुरा अस्विकार गरेको छ । अमेरिकामा यसअघि नै हुवावेका सबै समानहरुमाथि प्रतिबन्ध लागु भइसकेको छ ।

    भन्सार विभागका सचिव ओलिभरले यो निर्णय लिएसँगै बेलायतमा ५ जी सउञ्चालनका लागि १ वर्ष थप लाग्ने बताएका छन् । ‘यो सहज निर्णय हैन्, तर बेलायतको राष्ट्रिय सुरक्षाका लागि यो निकै महत्वपूर्ण निर्णय हो’ उनले भनेका छन् ।

    तर, यस विषयमा हुवावेले भनेको छ, ‘बेलायतका मोबाइल प्रयोगकर्ताका लागि यो दुखद समाचार हो, बेलायतले बिल बढाउँदै प्रविधिको विकासलाई सुस्ता पारिदियो ।’ ५ जी र ब्रोडब्यान्ड सम्बन्धीका कुनै पनि उपकरणो खरिदमा समेत बेलायतले प्रतिबन्ध लगाएको छ । त्यस्तै बेलायत सरकारले फाइबर नेटवर्कसम्बन्धीका सामाग्रीहरु पनि हुवावेका प्रयोग नगर्न निर्देशन दिएको छ ।एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०७:०६:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend