फ्रान्समा गर्भमै एक शिशुलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। बच्चा जन्मेपछि दिमागमा परेको असरका कारण अध्ययन गर्दा बच्चामा गर्भ मै संक्रमण भएको पाइएको हो ।
मार्च २४ मा एक २३ वर्षीया गर्भवती महिला कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो र खोकीको समस्या थियो।
अस्पताल भर्ना भएको तीन दिनपछि गर्भमा रहेको उनको बच्चामा समस्या देखियो। डाक्टरहरुले तत्काल शल्यक्रिया गरे। शिशुलाई तत्काल नवशिशु सघन उपचार कक्षमा आइसोलेसनमा राखियो।
दगार्जियनमा जनाए अनुसार हाल सो बच्चा निको भएको छ। शल्यक्रियाका क्रममा लट्याउने औषधि प्रयोग गरिएको हुनाले शिशुलाई भेन्टिलेटरमा राखिएको थियो। शिशुलाई पनि कोरोना संक्रमण देखियो। थप परीक्षण गर्दै जाँदा बच्चालाई भाइरस आमाकै रगतमार्फत सरेको र त्यसले बच्चा सुन्निएको पाइएको थियो।
पछि कुनै औषधिको प्रयोगबिनै बच्चा निको भएको डाक्टरहरुले बताएका छन्।
‘दुर्भाग्यवश यो केसमा भाइरस सरेकामा कुनै शंका छैन,’ पेरिसस्थित आन्त्वाँ बेक्लेयर अस्पतालका डाक्टर डेनियल डे लुका भन्छन्, ‘गर्भमै भाइरस सर्न सक्नेप्रति स्वास्थ्यकर्मीहरु सचेत हुन जरुरी छ। भलै यो साधारणतया हुँदैन तर तर सर्न सक्छ।’ एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।